यस्तो बन्दै छ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

काठमाडाैं । चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। बुधकार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा एक कार्यक्रमका बीच रंगशाला निमार्णको घोषणा गरिएको हो ।

धुर्मुश सन्तुली फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो।

रंगशालाको लागत ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। धुर्मुश सुन्तली फाउन्डेसनले ६ महिना भित्र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर तयार गरी निमार्णको काम अगाडि बढाउने जनाएको छ। घोषणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रंगशाला निर्माणमा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले सो रंगशाला निर्माणको काममा सहयोग गर्न सबैलाई आग्रह समत गरेका छन् ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निमार्णको अभियानमा सबैलाई सहयोग गर्न अपिल गरेका छन् । उनले अबको एक दशक भित्र मुलुक नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै निराश हुनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर दाहालले दुई बर्ष भित्र निमार्णको काम सम्पन्न गर्ने गरी काम अगाडी बढाईने जानकारी दिइन्। उनले रंगशाला निर्माणको काम सम्पन्न भईसके पछि पहिलो खेल भारत र पाकिस्तान बीच खेलाउने योजना रहेको पनि बताइन्।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोग गर्न आह्वान गरे। उनले सो रंगशाला शिलान्यास गरेको दिनदेखि दुई वर्ष भित्रमा हस्तान्तरण गर्ने दाबी गरे।

कार्यक्रममा धेरै व्यक्तिले रंगशाला निमार्णमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार