मन्त्री छान्दा पार्टी फुट्ने डरः ‘अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार हुँदैन्’


सिन्धुली । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । पार्टीको कामले आज सिन्धुली पुगेका अध्यक्ष यादवले संचारकमीृसंगको कुरामा अध्यादेश खारेज नहुँदा दलहरु फुट्ने खतरा हुने बताएका हुन् ।

दलहरु टुक्रिरहने भयो भने लोकतन्त्र नै खतरामा पर्ने उनको भनाई थियो । अध्यक्ष यादवले जतिसक्दो छिटो दल विभाजनको अध्यादेश खारेज गरेर मन्त्रिपरिषद् विस्तार गर्नेतर्फ सत्ता गठबन्धनका दलहरु लागेको समेत जानकारी दिए

अध्यक्ष यादवले सत्ता गठबन्धनबीच कुन दललाई कुन मन्त्रालय दिने र दलले कुन मन्त्री सरकारमा पठाउने भन्नेबारे निर्णय गर्न हुन बाँकी रहेकाले सरकार विस्तारमा ढिलाई भएको बताए।

संचारकर्मीको प्रश्नमा अध्यक्ष यादवले एमालेले गरेको संसद अवरुद्धको कुनै अर्थ नभएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार