‘संसद अवरुद्ध विलकुल जायज छ, जारी रहन्छ’– अध्यक्ष ओली

सत्ता गठबन्धन तितेपाती, एमाले सालको रुख

झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद अवरुद्ध सायज भएको बताएका छन् । आज गृह जिल्ला झापामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटा निष्पक्ष नभएकाले संसद अवरुद्ध गरेको र त्यो जायज भएको बताएका हुन् । सभामुख सापकोटा एमाले फुटाउन सामेल भएको समेत उनको आरोप छ ।

अध्यक्ष ओलीले सभामुख सापकोटाले संसद चलाउन नसक्ने समेत ठोकुवा गरेका छन्।

‘सभामुख निष्पक्ष देखनु भएन, पार्टी कार्यकर्ताको रुपमा काम गरेपछि हामीले विरोध गर्यौ । गैर सांसद राखेर संसद चलाउन नमिल्ने कानुन छ, त्यसैले एमालेले संसद अवरुद्ध गरिरहेको छ, यो विलकुल जायज छ र जारी रहन्छ, अध्यक्ष ओलीले भने ।
शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाट आएको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई तीतेपाती र एमालेलाई सालको रुखको संज्ञा समेत दिएका छन् ।

‘५ दल मिलेर बनेको गठबन्धन तितेपाती जस्तै हो, एमाले सालको रुख हो । तीतेपातीका जति बुट्टा भएपनि सालको रुखलाई उछिन्न सक्दैनन्, ओलीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार