
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ । नेकपाको ११ औँ केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा, पार्टी ब्यवस्थापन लगायतका विषयमा छलफल नेकपाले जनाएको छ ।
सरकारले लगाएको प्रतिबन्ध खुला भएपछि शान्तीपुर्ण राजनीतिमा आएपछि विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक पहिलो पटक बसेको हो ।
बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी रहने नेकपाले जनाएको छ। बैठक स्थल र नेताहरुको सुरक्षामा भने नेकपाले आफ्नै पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्यलाई खटाइएको जिल्ला सचिव एटमले बताए ।
बैठककक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको छ । बैठक सकिएपछि मात्रै बन्दीपुरमा पत्रकार सम्मेलन गरेर निर्णयहरु सार्वजनिक गरिने सचिव एटमले बताए ।











