एकीकृत समाजवादीले आज महासचिव टुंगो लगाउँदै, को-को छन दावेदार ?


काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आज पार्टीका महत्वपुर्ण पदहरुको टुंगो लगाउँदैछ । मंंगलबारदेखि जारी केन्द्रिय कमिटी बैठकमा पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउँने भएको हो।

आज बिहान ११ बजे बस्न लागेको केन्द्रीय कमिटी बैठकले पार्टी महासचिव टुंगो लगाउनुका साथै केन्द्रीय कमिटीको संख्या तोक्ने सम्भावना रहेको बताइएको छ ।

पार्टी महासचिवमा डा. वेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा. विजय पौडेललगायतले दाबी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार