
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा अनुमोदन गर्न नसकिने बताएको छ । पार्टीको केन्द्रीय कमिटीको आज सम्पन्न बैठकबारे पत्रकारहरुलाई जानकारी दिदैं एमसीसी राष्ट्रिय हितमा नभएकाले संसदबाट यथास्थितीमा पास गर्न नसकिने एकीकृत समाजवादीले प्रष्ट पारेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रिय सहमतिका आधारमा मात्र एमसीसीबारे अगाडि बढ्न सकिने एकीकृत समाजवादीले बताएको छ ।










