काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल यूएईसँग २-१ रनले पराजित भएको छ । युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराको डेब्यू खेलमै अर्धसतक पुरा गरे पनि याे जितका लागि पर्याप्त रहेन। नेपाल सँगकाे या जीतसँगै यूएईले तीन म्याचको सिरिजमा १० को अग्रता लिएको छ ।
सातौं विकेटका लागि सोमपाल कामीले ३९ रनको साँझेदारी गर्दै उकास्ने प्रयास गरे । तर, उनी आउट भएसँगै खेल यूएईको पक्षमा गयो । पहिलो बलमा नै प्रदिप ऐरीलाई गुमाएको नेपालका ब्याट्सम्यानहरूले ठूलो साझेदारी गर्न सकेनन् । खेलमा सोमपालले २७ र कप्तान पारस खड्काले २५ रन बनाए ।
ज्ञानेन्द्र मल्ल ७, दिपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, करण केसी समान ४-४ रनमा आउट भए । सन्दीप लामिछाने २ रनमा अविजित रहे ।यूएईका लागि कप्तान मोहम्मद नाभिद, सुल्तान अहमद र जाहोर खानले समान २(२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यूएईका लागि शाइमन अनवरले उत्कृष्ट ब्याटिङ गरे । ३८ बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मलतमा ५९ रन बनाए ।
दोस्रो टी(२० भोलि नै हुनेछ ।