बामपन्थी नेता भरतमोहनकी छोरी लीमा माधव नेपालको पार्टीमा


काठमाडौं । वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री स्व।भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी माधव नेपाल नेतृत्वको पार्टीबाट सकृय राजनीति सुरु गरेकी छन् ।

लीमाले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट राजनीति सुरु गर्दै संगठनमा आवद्ध भएकी हुन् । एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् ।

अधिकारीले आफ्नो ठूलोबुबा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र बुबाले राजनीतिमार्फत देशमा गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताएकी छन् ।

मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहेको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेन्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको उनको भनाई ।

लीमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेटसम्बन्धी व्यवसायमा संलग्न छिन् भने उनका श्रीमान सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार