दल विभाजनको अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको निर्णय हुने बताइएको छ ।
हिजो बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले अध्यादेश खारेज गर्ने सहमतिवमोजिम मन्त्रिपरिषद बैठक डाकिएको हो ।

मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
अध्यादेश खारेज नुहँदा गठबन्धनमा रहेका दलहरुलाई मन्त्री छान्न अपठ्यारो भइरहेको थियो । जसपाले त अध्यादेश खारेज नुहँदासम्म सरकार विस्तार हुन नसक्ने बताउँदै आएको छ ।

सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश आएपछि नेकपा एमाले र जसपा फुटेका थिए । अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने व्यवस्था छ । सोहि ब्यवस्थालाई टेकेर देउवा सरकारले अध्यादेश खारेज गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार