दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने सरकारको निर्णय, राष्ट्रपतिलाई सिफारीस

काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश राखेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेशलाई खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस समेत गरेको छ ।

सरकारले गत भदौ २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश आएपछि नेकपा एमाले र जसपा फुटेका थिए ।

दलको केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा पनि २० प्रतिशतमा सदस्य संख्या पुगे दल विभाजन हुनसक्ने प्रावधान अध्यादेशमा गरिएको थियो । गठबन्धनमा रहेको जसपाले त अध्यादेश खारेज नभएसम्म सरकार विस्तार हुन नसक्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार