जनार्दन शर्मा भन्छन्ः पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलवार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख समेत रहेका शर्माले यस्तो बताएका हुन् ।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्ने उनको भनाई छ ।

‘ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन, नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्दै उनले भने, ‘समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ ।’

अबको सन्दर्भमा संगठनको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउंदै अर्थमन्त्री समेत रहेका नेता शर्माले पार्टी र जनवर्गीय संगठनहरुका हरेक इकाइलाई उत्पादन इकाईको रुपमा बदल्नुपर्ने बताए ।

सरकारले पहिलो पटक गरिब र विपन्नहरुलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्दै शर्माले दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार