
काठमाडौं। आदिवासी जनजाति नेता राजकुमार लेखीले महन्त ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेका छन् । बिहीबार उनले पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।
‘म यस पार्टीको केन्द्रिय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनमा गर्दछु’, लेखीले राजीनामा पज्ञमा लेखेका छन् ।
राजीनामा पत्र











