एमालेको विधान महाधिवेशन अध्यक्ष ओलीद्धारा उद्घाटन

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरू भएको छ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।

सनराइज हलमा सुरु भएको महाधिवेशनमा देशभरिबाट करिब ६ हजार नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ। महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् ।

तीनैवटा प्रतिवेदनलाई पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीबाट अनुमोदन गराएर महाविशेनमा प्रस्तुत गर्न लागिएको हो । महाधिवेशनले पार्टीको नीति र सिद्धान्तलाई प्रस्ट पार्दै संगठनलाई सुध्रिढिकरण गर्ने एमाले नेताहरुको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार