
काठमाडौं । सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रले सरकारमा जाने जाने तीन मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले मन्त्रीमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई सरकारमा पठाउने निर्णय गरेको हो । त्यस्तै बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा मन्त्रीहरुको नाम केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका र त्यसमा नेता नारायणकाजी श्रेष्ठले समर्थन गरेको प्रवक्ता महराले बताए ।
मन्त्री र राज्यमन्त्री टुंगो लागे पनि कुन मन्त्री कुन मन्त्रालय दिने भन्ने बिषयमा बाँकी रहेको उनको बताए। गठबन्धन सरकारमा माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो ।
असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन माओवादकिो तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन् । लामो समयसम्म सरकार विस्तार हुन नसकेको भन्दै देउवा सरकारको आलोचना समेत भइरहेको छ ।










