
काठमाडौं । शेरबहादुर देउवाको मन्त्रिपरिषदमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा शुक्रबार साँझ १६ जना मन्त्री र २ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।










