शपथ लगत्तै प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको शपथ लगत्तै देउवाले बोलाएको बैठक केहीबेरमै सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले आजै साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेखि भण्डारी र प्रधानमन्त्री देउवाबाट शपथ लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार