
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले आज स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित ‘विश्वेश्वरप्रसाद कोइराला स् शताब्दी सन्दर्भ’ पुस्तक विमोचन कार्यक्रममा यस्तो बताएका हुन् ।
हिजोमात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौं, केहि महत्वपुर्ण साथीहरु छुटे, उहाँहरुलाई आगामी दिनमा समेटिनेछ, प्रधानमन्त्री देउवाले भने ।
देउवा नेतृत्वको गठबन्धन सरकारले हिजो ८८ दिनपछि पुर्णता पाएको थियो । हिजो सरकारको सिफारीसको राष्ट्रपति विद्या भण्डारी १६ मन्त्रीलाई प्रधानमन्त्री देउवाले २ राज्यमन्त्रीलाई शपथ सुवाएसंगै सरकारले पुर्णता पाएको थियो ।










