सरकारले साफ उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई ५ र प्रशिक्षकलाई ३ लाख दिने

काठमाडौं । सरकारले साफ च्याम्पियनसिप फुटवल प्रतियोगितामा उपविजेता भएको नेपाली टिमका प्रत्येक खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका प्रत्येक खेलाडीहरूलाई रु. ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

त्यस्तै सरकारले फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

फुटवल टोली आज दिउँसो स्वदेश फर्किएको थियो । विमानस्थलमा खेलकुदमन्त्री महेश्वर गहतराजको उपस्थितीमा भव्य स्वागत गरिएको थियो । साफको फाइनल खेलमा भारत विजेता भएको थियो भने नेपाल उपविजेता भएको थियो ।

 

 

 

 

 

र्षसम्मको जेल सजाय हुनसक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार