
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिएको बताएका छन् ।आज दिउँसो १२ बजेपछि जुममार्फत देशभरका वडा कमिटीको अधिवेशन उद्घाटनपछि पार्टी कार्यालयबाट बाहिरिदा संचारकर्मीसंग ओलीले सो कुरा बताएका हुन् ।
‘कार्यदलको संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो, त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन’, अध्यक्ष ओलीले भने ।
१० बुँदे कार्यन्वयनमा ओली प्रतिवद्ध नदेखिएको भन्दै त्यसलाई कार्यन्वयन गर्न सहजिकरणका लागि बनाइएको कार्यदलबाट नेता भिम रावलले हिजो राजीनमा दिएका थिए।
ओलीले १० बुँदे कार्यन्वयन भइसकेको र बाँकी रहेका ठाउँमा रचनात्मक ढंगले हुने बताए। पार्टीमा कुनै १० भाइ भन्ने समूह नभएको ओलीको भनाइ छ। महाधिवेशन नजिकिदै गर्दा एमालेभित्र विवाद उत्पन्न भएको छ । १० बुँदे पुर्णरुपमा कार्यान्वन नभए आफुहरु चुप लागेर नबस्ने नेता रावल बताउँदै आएका छन् ।










