काठमाडौं । बँदेलको आक्रमणमा परी बाजुरामा २ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–७ का २० वर्षीय गंगराज तिमिल्सेना र ५० वर्षीय प्रदीप पाध्याय रहेका छन् ।
उनीहरुलाई शनिबार बेलुका आफ्नै वडामा रहेको चिनेचौर जंगलबाट दार ल्याएर फर्किने क्रममा जंगली बँदेलले आक्रमण गरेको थियो ।
बँदेलको आक्रमण बाट दुवै जनाको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । घाइले दुबैको अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको बताइएको छ ।