स्वास्थ्यमा समस्या देखिएपछि शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना


काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि उनी बुधबार बेलुका वीर अस्पतालमा भर्ना भएकी हुन् ।

केही दिनदेखि अस्वस्थ भएकी मन्त्री झाँक्रीको चेकअप भएको र रिपोर्टहरु आउन बाँकी रहेको सचिवालय स्रोतले जनाएको छ । अहिले नै उनलाई के भएको हो भनेर भन्न नसकिने भएकाले भेटघाटका कार्यक्रम पनि बन्द गरिएका छन् ।

रिपोर्ट आएपछि मात्रै उनलाई के भएको हो भनेर भन्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार