प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण, आज बेलायत प्रस्थान

काठमाडौं । काँग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री भएपछि आफ्नो पहिलो विदेश भ्रमण बेलायतबाट सुरु गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–२६० मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गरेका हुन ।
प्रधानमन्त्री देउवा आज बिहान बिहान १०ः४० बजे कतार कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको शहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेर कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्य रहेको सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार भ्रमण टोलीमा गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् ।

यस्तै वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि टोली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ​

भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार समेत प्रधानमन्त्री देउवाको लण्डन भ्रमणमा गएका छन् ।

अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार