ओलीलाई माधव नेपालले भनेः ‘जो हम से टकराएगा, वो चुरचुर होजाएगा’


काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी बलियो हुँदै गएको बताएका छन् ।

एकीकृत समाजवादी मध्यपुर थिमि नगर संगठनले आज गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश २ मा आफ्नो पार्टी बलियो रहेको उनले दाबी समेत गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमालेतर्फ संकेत गर्दै पार्टीको प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री रहेकाले एकीकृत समाजवादीसँग टक्कर लिनै नसक्ने जिकिर गरे । ‘हामीसँग टक्कर लिन खोज्यो भने भारततिर भनिन्छ नि, जो हम से टकराएगा, वो चुरचुर हो जाएगा,’ अध्यक्ष नेपालले भने ।

नेता नेपालको समुहमै रहेका तर अहिले साथ छोडेर एमालेमा रहेका नेताहरुलाई लक्षित उनले अपमान सहेर बस्नु भन्दा आफुसंग आउन आग्रह समेत गरे ।सत्ता गठबन्धन कसैले भत्काउन नसक्ने भएकोले निर्वाचनसम्म रहने उनको दाबी छ ।

अध्यक्ष नेपालले स्थानीय निर्वाचन चैतमा हुने तर संघीय चुनाव छिट्टै हुने भन्ने हल्ला मात्रै भएको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार