काठमाण्डौ । बोक्सीको आरोपमा निर्धात कुटिएकी कैलालीकी राधा चौधरी विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् । आइतबार कैलालीमा नेकपाले आयोजना गरेको संगठन सुदृढ तथा विस्तार अभियानमा राधाले पार्टी प्रवेश गरेकी हुन् ।
राधालाई नेकपाका केन्द्रीय सदस्य हिमाल, जनपरिषद् प्रमुख करनलगायतका नेताहरुले पार्टी प्रवेश गराउदै स्वागत गरेका थिए । पार्टी प्रवेश गरेकी राधिकाले समाजका गलत संस्कार विरुद्ध संघर्ष गर्ने बताएकी छन् । समाजमा रहेका गरिब, शोषित र पिडितमाथि थिचोमिचो गर्नेका विरुद्ध आफुले आवाज उठाउने बताइन् । आफु गरिब परिवारमा जन्मिएकै कारण जुन घटना आफुमाथि भयो अन्य छोरी चेलीलाई त्यस्तो दुव्र्यवहार हुन नदिनका लागि आफ्नो पहल र संघर्ष रहने उनले दाबी गरिन् ।
घोडाघोडी नगरपालिका–५ की राधालाई गत फागुन २४ गते अर्थात नारी दिवसकै दिन बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको थियो । आफूलाई ‘भोले बाबा’ भन्ने स्थानीय रामबहादुर चौधरी र उनकी सहयोगी एक महिलाले राधालाई बोक्सी भन्दै निर्घात कुटपिट गरेका थिए ।
उनलाई बोक्सी भन्दै कुटपिट गर्ने चौधरी लगायत उनका सहयोगिहरु अहिले सजाय भोगिरहेका छन् ।