काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको मृत्यु भएको छ । लामो समयदेखि नशा सम्बन्धी रोगबाट पीडित शर्पाको बुधबार बिहान मृत्यु भएको हो ।
उनको केहिसमय अघि अमेरिका, चीन र भारतलगायतका ठाउँमा उपचार गरिएको थियो । तर पनि उल्लेख्य सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए।
अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन्।