
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनरत कानून व्यवसायीसँग छलफल गर्ने भएका छन् । उनले शुक्रबार बिहान १० बजे छलफल गर्ने भएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा आन्दोलन भएको एक महिनापछि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई छलफलका लागि बोलाएका छन् ।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाएको बताएका छन् ।












