ओलीले गरे एमालेको दसौं महाधिवेशनको उद्घाटन


काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दसौं महाधिवेशनको उद्घाटन गरेका छन् । अध्यक्ष ओलीले नारायणघाटको नारायणी किनारमा बनाइएको मञ्चबाट रिमोट थिचेर झन्डोत्तोलन गरी महाधिवेशन उद्घाटन गरेका हुन् ।

ओलीले रिमोर्ट थिचेर एमालेको झन्डा, नेपालको राष्ट्रिय झन्डा र पार्टीको चुनाव चिन्ह सूर्य अंकित झन्डा उत्तोलन गरेका हुन्। झन्डोत्तोलन गरेर महाधिवेशन उद्घाटन गरेपछि एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसिङे गैंडाको मस्कट पनि अवलोकन गरेका थिए।

महाधिवेशनमा देशभरका एमाले नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । मधाधिवेशनबाट नेकपा एमालेको नयाँ नेतृत्व चयन गरिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार