एमाले अध्यक्षमा पुुन : ओली 

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पुन : केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा सम्पन्न एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रतिद्धन्द्धी भीम रावललाई हराउँदै अध्यक्षमा ओली विजयी भएका हुन् ।

आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले  १८४० र रावलले २२३ मत ल्याएका छन् । यस्तै ३३ भोट भने खाली भएको बताइएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार