
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा एमालेको पत्तासाफ हुने बताएका छन् । शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
उनले गठबन्धनलाई निर्वाचनसम्म लैजाने भएकाले निर्वाचन पछि एमालेको पत्तासाफ हुने दाबी गरे । अहिले सत्ता गठबन्धनलाई टुटाउन विभिन्न शक्ति लागिरहेको भएपनि कसैले टुटाउन नसक्ने बताए ।
उनले नजिक आइरहेको राष्ट्रिय सभा चुनावसँगै अरू आउने स्थानीय, प्रदेश र संघीय चुनावमा पनि पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेको समेत बताएका छन् ।
भेलामा बोल्दै उनले पार्टीलाई बलियो बनाउने गरी लाग्न नेता र कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।










