
काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत दैलेखले आइतबार थापाको हत्याको योजनाकारको आरोप लागेका दुल्लु नगरपालिका– ६ छिउडी पुसाकोटका बमबहादुर थापा (अरुण), सोहि ठाउंका केशव खड्का र भगवतीमाई गाउँपालिका–६ बमबहादुर खड्का (मुक्ति) लाई जन्मकैद (२० वर्ष) को सजाय सुनाएको अदालतका स्रेस्तेदार इन्द्रबहादुर कार्कीले संचारकर्मीलाई बताए ।
मुलुकी ऐनमा जन्मकैदको सजाय भए २० वर्ष कैद हुने व्यवस्था छ । न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले तीनै जना आरोपितहरूलाई दोषी ठहर गरेको हो ।
पत्रकार थापाको हत्या आरोपितमध्ये बाँकेको कोहलपुर नगरपालिका–३ भक्तिराम लामिछानेलाई भने तीन वर्षको कैद सजाय सुनाइएको छ ।
माओवादी सशस्त्र द्वन्द्वको बेला पत्रकार थापाको २०६१ मा हत्या भएको थियो ।









