काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको दोस्रो चरणको निर्वाचन आजै हुने भएको छ । दोस्रो चरणको निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
देउवासँग भेट गरेपछि पत्रकारकारसँग कुरा गर्दै उनले देउवालाई नै समर्थन गर्ने बताएका छन् । उनले नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर आफुहरु प्रतिस्पर्धामा उत्रिएको बताए ।
उनले भने, ‘देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे र देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ ।’
अब दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।











