राष्ट्रिय सभामा १९ सदस्यका लागि सात वटै प्रदेशमा मतदान जारी


काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा मतदान भइरहेको छ । एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि निर्वाचन भएको हो ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिदै छ । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

त्यसैले प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पद रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार