शुभचिन्तकलाई रविको आग्रहः गालि र अपशब्द प्रयोग नगरौं, त्यसले मलाइ पनि राम्रो गर्दैन

काठमाडौं । दोस्रो नेपाल आइडल रवि ओडले अष्ट्रेलियाबाटै आफ्ना चिन्तकहरुलाई निकै महत्वपुर्ण सन्देश पठाएका छन । आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै रविले आफुले गाएको सालको पातको टपरी गीतका बिषयमा सामाजिक संजालहरुमा भइरहेका गाली गलौच र अपशब्द प्रयोगबारे महत्वपुर्ण कुरा लेखेका हुन ।

उनले गीतका बिषयमा कसैले पनि सामाजिक संजालहरुमा गाली गलौच र अपशब्द प्रयोग नर्गन आफ्ना शुभचिन्तकहरुलाई विनम्र आग्रह गरेका छन । त्यसरि गाली गलौच गर्दा आफुलाई नै नराम्रो असर पर्ने भन्दै सभ्य र शिष्ट भाषामा आफ्ना कुराहरु राख्न रविले सबैलाई आग्रह गरेका छन ।

सालको पातको गीतका सर्जकहरुले गीतबारे प्रश्न उठाइसकेपछि रविले आफ्नो कमजोरी महशुस गर्दै माफी मागि सकेको भएपनि सामाजिक संजालहरुमा यस बिषयलाई लिएर वादविवाद र गाली गलौच भइरहेको सन्र्दभमा रविले यस्तो आग्रह गरेका हुन ।
गीतबारे आएको विवादमा रविले स्पस्टोक्तीसहित लेखेको फेसबुक स्टाटस यस्तो छ,

नमस्ते सबै महानुभावहरुमा !!!

म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाइ निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन !

दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ, त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको, तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँडन अहिले म वहाहरुको साथ मा रम्न यात्रामा छु, आफु कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैले/हामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो, !

दर्शक श्रोताहरु माझ पर्फ़म गरिरहदा कोहि बेला यस्तो माग वा परिश्थिति आउदो रहेछ जहाँ आफुले तयार नगरेको वा पुरा नआउने गीतलाइ गुनगुनाइ दिनुपर्ने अनुरोध आउछ, “सालको पातको टपरी” मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो, अहिले जन जनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पुरा र राम्ररी आउदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिए कि यदि त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु !

अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत “ सालको पातको टपरी” लाइ बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापुर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासंग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउदछु, अनि आदरणीय सर्जकज्युहरुबाट संधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भै रहनेछ र हामी जस्ता संगीतका बिद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु !

अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाइ यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तरहृदय देखि सम्मान गर्दै धन्यबाद ज्ञापन गर्न चाहन्छु, केहि उठेका बिषयमा सम्मानपुर्वक आफ्नो भावना राख्न पाइन्छ, गालि गलौच र अपशब्दहरुले कतै स्थान नपाऒस, धैर्यधारण र संयमताको लागि अनुरोध गर्दै, यहाँहरुको माया हौसला साथ सहयोगको सधै अनुरागी रहनेछु, धन्यबाद !

– रवि ओड

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार