
काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार जादैं छन् । उनी सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउको आग्रहमा समसामयीक राजनैतिक विषयमा छलफल गर्न बालुवाटार जान लागेका हुन् ।
उनीहरुको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागि रहने बताइएको छ । बालुवाटारमा आइतबार दिउँसो ४ बजे हुने भेटमा स्थानीय तहको निर्वाचन,एमसीसीलगायत विषयमा छलफल हुने बताइएको छ ।










