देउवा, प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा आलीबीच भेटवार्टा भएको छ । प्राधनमन्त्री देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटार पुगेका छन् ।

उनीहरुसँगै एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि वार्तामा सहभागी छन् । उनीहरुबीच स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायतका विषयमा छलफल हुने बताइएको छ । आजको भेटवार्तालाई विशेष रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार