पार्टीले चोलेन्द्रलाई बोकेर नहिँड्ने एमाले अध्यक्ष अ‍ोलीको भनाई


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई आफ्नो पार्टीले बोकेर नहिँड्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई एमालेले बोकेर हिँड्न नचाहेको स्पष्ट पारेका छन् । सांसदहरुले चोलेन्द्र शमशेर राणामाथिको महाभियोग र एमसीसीबारे पार्टीको धारणा स्पट हुनुपर्ने बताएका थिए ।

सोही अवसरमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणविरुद्धको महाभियोगमा गम्भिर षड्यन्त्र लुकेको भन्दै आवश्यक परे सडक, अदालत र संसदबाट समेत प्रतिवाद गर्ने बताएका छन् ।

एमाले संसदीय दलको बैठक तीन घण्टासम्म बसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार