
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले विभिन्न षड्यन्त्रहरु भइरहेको भएपनि त्यसलाई चिरेर आफुहरु विजयी हुने विश्वास ब्यक्त गरेका छन् ।
“विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरी पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरु बीच संघर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं”, उनले सामाजिक संजालमा लेखेका छन् ।










