
काठमाडौं । भोलीदेखि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे संघीय संसदमा छलफल हुने भएको छ ।
आज संघीय संसद सचिवालयले जारी गरेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी पनि समावेश गरेपछि यसबारे छलफल हुने भएको हो।
सार्वजनिक गरिएको कार्यसूची अनुसार भोली बस्ने संसद बैठकमा एमसीसी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव कार्यसूचीको दोस्रो नम्बरमा राखिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र एमसीसी बीच भएको अनुदान सहायता सम्झौता माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा पेश गरेका थिए ।
कार्यसूचीको पहिलो बुँदामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेश गर्ने उल्लेख छ ।
एमसीसीलाई खारेज गर्नुपर्ने जनतास्तरबाट चर्को आवाज उठेको भएपनि काँग्रेस नेतृत्वको गठबन्धन सरकारले एमसीसीलाई संसदमा पेश गरेको थियो ।
एमसीसीको बिषयलाई अहिले सत्तापक्ष र प्रतिपक्ष दलभित्र निकै गम्भिर वहश चलिरहेको छ । राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दिनदिनै एमसीसीको विपक्षमा आन्दोलनहरु भइरहेका छन् ।










