सालको पात प्रकरणः संगीतकार बसन्तले गरे दुखत निर्णय, संगीतप्रेमी चिन्तित

काठमाडौं । सर्वाधिक लोकपृय गीत सालको पातको टपरी…..का संगीतकार बसन्त थापाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट छुट्टिएको घोषणा गरेका छन् ।
कलाकार र सर्जकको अधिकारका लागि आवाज उठाउदा आफुमाथी चौतर्फी आक्रमण हुँदा समेत प्रतिष्ठान चुप लागेकाले आफु सस्थामा बसिरहन आवश्यक नभएको भन्दै उनले छुट्टिएको घोषणा गरेका हुन ।

संगीतकार बसन्तले सोमबार मध्यराति एउटा फेसबुक स्टेटस लेख्दै आफु प्रतिष्ठानबाट छुट्टिएको घोषणा गरेका हुन ।
दोस्रो नेपाल आइडल रवि ओडले आफ्नो गीतलाई अनुमतीबीना र गीत बिगारेर गाएको विषयलाई लिएर संगीतकार बसन्तले असन्तुष्टी ब्यक्त गरेका थिए ।

जसमा उनलाई रविका शुभचिन्तकहरुले अस्लिल गाली गलौच गरिरहेका छन भने उनको ब्यवसायीक अधिकारमाथी समेत आक्रमण हुदैछ ।
संगीतकार बसन्तले फेसबुकमा मेरा दुई संकल्प भनेर लेखेको स्टाटेस यस्तो छ,
मेरा दुई संकल्प,
‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ । त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस् । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस् ।’

उनले लेखेको यो स्टाटेसबाट रविप्रती उनको कुनै आरोप र रिस डाह केहि देखिदैन ।
संगीतकार बसन्तले मिडियामा पनि बोल्दै आएका छन की, “आफुले रविको बिरोध भन्दा पनि प्रबृती ,कलाकारको नैतिक ज्ञान र प्रतिलिपी अधिकारमाथी प्रश्न गरेको हुँ ।”

यो घटनामा रविले आफ्नो गल्ती महशुस गरेर सर्जकहरुसंग माफी माग्दा समेत रविका केहि शुभभिन्तकहरुले बसन्तलाई अस्लिल गाली गलौच र उनको ब्यवसाय माथी नै आक्रमण गर्ने क्रम रोकेका छैनन । जुन कुरालाई प्रतिष्ठानले गम्भिरतापुर्बक नलिंदा उनले निरासा ब्यक्त ब्यक्त गर्दै सस्थाबाटै आफु छुट्टिएको बताएका छन ।

धारासायी अवस्थामा पुगिसकेको नेपाली गीत संगीत पछिल्लो समय बिस्तारै तँग्रिन लाग्दा आएका यस्ता वाद विवादले सम्पुर्ण नेपाली संगीत क्षेत्र र त्यसमा पनि कलाकार, सर्जकहरुमाथी यसले निरासा छाएको छ भने नेपाली संगीतप्रेमीहरु निरास हुन बाध्य छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार