
काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आजै संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेपछि संसदबाट आजै अुनमोदन हुने भएको हो ।
तर, एमसीसी देशको हितमा नरहेको भन्दै संसदबाहिर नयां बानेश्वरमा अहिले आन्दोलन भइरहेको छ । संसदमा एमसीसी पेस भएदेखि नै त्यसको विरोधमा देशभर शसक्त आन्दोलन भइरहेको छ । एमसीसीका कारण विभिन्न पार्टीहरु नेताहरुबीच फाटो पनि आएको छ ।










