देशलाई अप्ठ्यारो पर्दा जोगाउने भनेकै माओवादी हो- प्रचण्ड


सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले देशलाई अप्ठ्यारो पर्दा जोगाउने भनेकै माओवादी केन्द्र पार्टी भएको दावी गरेका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशलाई सहि दिशा निर्देश गर्ने पार्टी माओवादी केन्द्र भएको दाबी गरेका हुन् ।

उनले बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरि पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्नेविरुद्ध माओवादीको लडाई जारी रहने बताए ।

एमाले अध्यक्ष केपी ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ जारी रहेको प्रचण्डको भनाई छ । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कर्णाली माओवादीको आधार क्षेत्र भएकाले आगामी निर्वाचनमा पहिलो हुने गरी ढुक्क भएर लाग्न नेता, कार्यकताहरुलाई आग्रह समेत गरे ।

आगामी स्थानिय चुनावमा सत्ता गठबन्धन दलहरु मिलेरै चुनाव लड्ने भन्दै प्रचण्डले सोहिअनुसार काम गर्न स्थानिय नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार