युक्रेनलाई साथ दिन तीन देशका प्रधानमन्त्री राजधानी किएभ पुगे


काठमाडौं । युक्रेनलाई साथ दिन तीन देशका प्रधानमन्त्रीहरु राजधानी किएभ पुगेका छन् । रुसले युक्रेनमा बिस दिनदेखि जारी राखेको आक्रमणका बीच पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेल चढेर युक्रेनको राजधानी किएभ पुगेका हुन् ।

रेल चढेर युक्रेनको राजधानी किएभ पुग्न खतरनाक र लामो यात्रा गर्नुपर्ने बीबीसीले उल्लेख गरेको छ ।

रुसले आक्रमण तीव्र पारेपछि किएभमा ३५ घण्टे कर्फ्यु लगाइपछि पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकी, स्लोभेनियाका प्रधानमन्त्री यानेस यान्सा र चेक गणतन्त्रका प्रधानमन्त्री पेत्र फियालाले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न रेलको कठिन बाटोबाट किएभ पुगेका थिए ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई भेट्ने उनीहरु पहिलो अन्तर्राष्ट्रिय नेताहरु हुन् । उनीहरुले भेटिरहेको बेलामा किएयमा ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

हिजो साँझ तिनै जना प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेर आफहुहरुको साथ र सहयोग रहेको बताएका थिए । “तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको लडाइ हाम्रो लडाइ हो र हामी मिलेर जित्नेछौं,” तिनैजना प्रधानमन्त्रीले दिएको आश्वासन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार