
अछाम । नेकपा (एकीकृत समाजबादी) का केन्द्रिय सदस्य शेरबहादुर कुँवरले अछाम जिल्लाको विकास र समृद्धिका लागि एकीकृत समाजवादीमा गोलबन्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । समग्र जिल्लाको विकासलाई गति दिन एकीकृत समाजबादी पार्टीको जन्म भएकोले सबैलाई एक भएर लाग्न आग्रह गरेका हुन् ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) कमल बजार नगरपालिकाको प्रथम भेलालाई सम्बोधन गर्दै उनले एमालेमा विधि पद्धति सिद्धान्त र बिचारमा बिचलन आएपछि आफुहरुले बिद्रोह गरि कम्युनिस्ट आन्दोलनलाई पुनर्निर्माण गर्ने अभियानना लागेको बताए ।
त्यस्तै भेलामा बोल्दै केन्द्रिय कमिटी सदस्य अछाम जिल्ला सह इन्चार्ज शंकर भण्डारीले अछाम जिल्लाका आधारभुत तहका जनताका बिच पार्टीको संगठन बिस्तार भएकोले नेता कार्यकर्ताले इमानदार भएर जनताको काम गर्न आग्रह गरे ।
कमलबजार नगर कमिटीले आयोजना गरेको भेलामा जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र बिष्ट, उप सचीव नयन स्वडारी, समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुँवर, सचिवालय सदस्य रामराज नाथ, कमल अधिकारी, तिर्थ ढकाल, बमबहादुर रावल, प्रभु खनाल, दिपकबहादुर रावल, दिपक थापा, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य देबेन्द्र बुढा, जिल्ला कमिटी सदस्य ध्वजबहादुर थापा, कर्ण बोहरा, झपट बिक, कमला तिमिल्सेना लगाएतले आफ्नो भनाई राखेका थिए ।













