सिंहदरबारमा दलका शीर्ष नेताहरुको बैठक जारी


काठमाडौं । सिंहदरवारमा दलका शिर्ष नेताहरुको बैठक बसिरहेकोछ । संसद अवरुद्ध लगायतका बिषयमा छलफल गर्न दलका शिर्ष नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् । हिजो बसेको बैठकमा एमाले सहभागी थिएन् ।

सुनकाण्डको छानविनका लागि एमालेले उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग राखेर साउन १० गतेदेखि निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

जारी बैठकमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे पनि छलफल भइरहेको नेताहरुले बताएका छन् ।
दलहरुको विवादका बीच आज दिउँसो ३ बजे संसद बैठक डाकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार