कैलाली । जिल्ला अदालत कैलालीको परिसरबाट एक बलात्कार आरोपी फरार भएका छन् । बलात्कारको अरोपमा कैलालीको लम्कीबाट पक्राउ परेका २३ बर्षिय दिलीप दमाईलाई म्याद थपका लागि अदालत ल्याएको बेला प्रहरीलाई झुक्याएर उनि फरार भएका हुन । मंगलबार दिउँसो करिब २ः३० बजे अदालत परिसरबाट आरोपीत दमाई फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
तीन महिना अघि १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा दमाईलाई सोमबार इलाका प्रहरी कार्यालय लम्किले पक्राउ गरि मंगलबार जिल्ला अदालतमा पेस गरेको थियो ।
हत्कडी लगाएकै अवस्थामा आरोपीत दमाईं फरार रहेकाले उनको खोजीकार्य तिर्ब पारिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए।
आरोपीत दमाईलाई मङ्गलवार इलाका प्रहरी कार्यालय लम्किका प्रहरी नायव निरीक्षक जनक सिंहले म्याद थपका लागि अदालत लगेका थिए ।