
काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा देशभर गरिने मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको छ । निर्वाचनका लागि देशभर मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिइएको निर्वाचन आयोगले जनाएको छ ।
अन्य निर्वाचन सामग्रीको भने गृह मन्त्रालयसँगको समन्वयमा नेपाल प्रहरीको स्थानीय युनिटले स्कर्टिङ र सुरक्षा प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
मतपत्र र निर्वाचन सामग्री ढुवानी गर्दा कहाँ पुग्यो भनेर आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था समेत गरेको प्रवक्ता पौडेलले बताए।
आयोगका अनुसार निर्वाचनका हालसम्म लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको छ ।











