पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । राजावादी प्रर्दशनमा पत्रकार हत्या र मिडियामाथि आक्रमण गरिएको भन्दै काठमाडौंमा विरोध प्रर्दशन गरिएको छ । शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादी प्रर्दशनकारीहरुले गर।ेको आगजानीमा परि एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या घटनाको विरोध गर्दै आज नेपाल पत्रकार महासंघको अगुवाईमा माइतीघरमा प्रर्दशन गरिएको हो ।

तिनकुनेको उत्तरपट्टीको भवनमा प्रर्दशनको दृष्यहरु खिचिरहेका बेला राजावादीहरुले उक्त भवनमा आगो लगाएपछि पत्रकार रजकको लजेर निधन भएको थियो ।

माइतीघरमा पत्रकार हत्याको विरोधमा उत्रिएका पत्रकारहरुले घटनाका दोषीहरुलाई हदैसम्मको कारबाही गर्न सरकारसंग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार