
प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ ।
सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि एमाले र माओवादीबीच गठबन्धन बनेको हो । गाउँपालिका अध्यक्षपदमा उम्मेदवार बनाउने बिषयमा माओवादी र राष्ट्रिय जनमोर्चाबीच सहमति नभएपछि एमाले माओवादी गठबन्धन भएको हो । जनमोर्चाले अध्यक्ष पद छोड्नै नमानेपछि माओवादी र एमालेबीच गठबन्धन जुरेको हो ।
एमाले माओवादीबीच भएको गठबन्धनमा अध्यक्ष पदमा माओवादी नेता पितबहादुर एमसी र उपाध्यक्षमा एमालेका हुकुमबहादुर खड्कालाई उम्मेदवार बनाउने सहमती भएको छ । उता सत्ता गठबन्धनमै रहेका जनमोर्चा र काँग्रेसबीच तालमेल बन्दै गाउँपालिका अध्यक्ष जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी र उपाध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् । उक्त पालिकामा यसअघि अध्यक्ष र उपाध्यक्ष दुबै जनमोर्चाले जितेको थियो ।










