
रोल्पा । रोल्पाको माडी गाउँपालिकामा सत्ता पक्ष र प्रतिपक्षबीच नै चुनावी गठबन्धन भएको छ । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा सतारुढ दल नेपाली कांग्रेस र प्रतिपक्ष दल नेकपा एमालेबीच चुनावी तालमेल भएको हो।
दुई दलबीच भएको सहमतीअनुसार एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा कांग्रेसका कृष्ण विकको उमेदवारी परेको छ । उनीहरुले आज बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगि उम्मेदवारी दर्ता गराएका हुन्।
दुबै दलले वडास्तरसम्मै तालमेल गरि पालिकाका ६ वडामध्ये कांग्रेसले २, ३ र ५ मा वडाध्यक्षमा उम्मेदवारी दिएको छ भने एमालेले १,४ र ६ वडाहरुमा उमेदवारी दर्ता गराएको छ । बर्तमान अवस्थामा केन्द्रमा भने यि दुई दलबीच त्यति राम्रो सम्बन्ध छैन् । एमाले नेतृत्वको सरकार ढलाएर काँग्रेसले आफ्नो नेतृत्वमा अहिले सरकार संचालन गरिरहेको छ ।









