
अछाम । गायक टंक तिमिल्सिनाले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले अछामको पन्चदेबल नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गायक तिमिल्सिनाले आज पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा गई मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् ।
उम्मेदवारी दर्तापछि संक्षिप्तमा प्रतिकृया दिदैं उनले सम्पुर्ण नगर र नगरवासीको विकासका लागि आफुसंग थुर्पै योजनाहरु रहेकाले पन्चदेबलवासी मतदाताहरुको साथ पाउने विश्वास ब्यक्त गरे ।
जनतासंग प्रत्यक्ष जोडिएका बिषय बस्तुहरु आफ्नो प्राथमिकता पर्ने उनको भनाई छ । नगरभित्र खानेपानी, स्वास्थ्य, शिक्षा, जनचेतना, उद्यमशिलता, रोजगारी आफ्नो पहिलो प्राथमिकतामा पर्ने गायक तिमिल्सिनाले बताए ।












